क्रिस्चियन धर्मको अपमान गरेको आरोपमा रबिना टन्डन, भारती सिंह र फराह खान विरुद्ध मुद्दा दर्ता



१९ पुष २०७६, काठमाडौँ

बलिउडकी चर्चित नायिका रबिना टन्डन र निर्देशक फराह खान क्रिस्चियन धर्मको अपमान गरेको आरोपमा मुद्दा दर्ता भएको छ । एक कार्यक्रममा रबिना, फराह र भारतीले क्रिस्चियन धर्मको हालेलुइया भन्ने शब्दको मजाक बनाएको बताइएको छ ।

उनीहरुविरुद्ध पन्जावको रुपनगर शहरको अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अमृतसरमा पनि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो।

भारतमा बस्ने क्रिस्चियन धर्मावालम्बलीहरुले उनीहरु विरुद्ध मुद्दा दर्ता गरेका हुन् । यस्तै यस घटनापछि फराह खान र रबिना टन्डनले माफी पनि मागेका छन् । उनीहरुले क्रिस्चियन धर्मलाई आफूहरुले मजाक नबनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्