चिटिक्क जिउडाल, धपक्क बैंस तरपनि विवाह गर्ने पुरुष नपाएर हैरान युवतीहरु



२० पुस २०७६, काठमाडौं

चिटिक्क जिउडाल, धपक्क बैंस तरपनि विवाह गर्ने पुरुष नपाएर हैरान युवतीहरु

यो पीडा सिरियाका युवतीहरुको हो । जहाँ पुरुषको अभावमा युवतीहरु विबाह नभएर पीडामा बस्न बाध्य छन् । किन आइलाग्यो त यो समस्या ?

समाचार माध्यममा जनाइएअनुसार, लामो समयदेखि हिंसाग्रस्त सिरियामा ७० प्रतिशत महिला अविवाहित छन् । हिंसाका कारण कयौं युवक मारिएका छन् भने कयौं विदेश पलायन भइसकेका छन् ।

त्यस्तै कतिपय युवक जेलमा छन् । जसका कारण विहे गर्ने बेलाका युवकहरुको खडेरी नै छ । केही समय अघि गरिएको अध्ययन अनुसार, त्यहाँ ७० प्रतिशत महिला पुरुष नपाएर अविवाहित बस्नु परेको छ ।

समाजमा बचेखुचेका केही युवक पनि आर्थिक समस्या, असुरक्षाजस्ता कारणले विवाहका लागि तयार हुदैनन् । यसले गर्दा समस्या परिरहेको छ।

प्रतिक्रिया दिनुहोस्