२० पुष २०७६, काठमाडौँ
नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको ६७ बर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो ।
ऋचाको आमा लामो समयदेखि विरामी थिइन् । ऋचाको विवाहको समयमा पनि उनकी आमा विरामी नै थिइन् । जसका कारण उनी बारम्बार अस्पताल धाइरहेकी थिइन् । ऋचा आफ्नो आमासँग निकै नै नजिक थिए ।
जसका कारण आमालाई गुमाउनु पर्दा ऋचा निकै टुटेकी पनि छिन् । उनकी आमाको शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।