२० पुष २०७६, काठमाडौं
कफी पिउनाले स्वास्थ्यमा सकारात्मकका साथ–साथै नकारात्मक प्रभाव पार्ने अध्ययनले खुलाएको छ।
२० हजार जनामा गरिएको उक्त अध्ययनले सही तरिकाबाट कफी पिउने मानिसहरू धेरै बाँच्छन् भनी उल्लेख गरेको हो।
उक्त अध्ययन प्रतिवेदनमा कफीले टाइप टु डायबिटिज, कलेजोसम्बधी रोग, कोलोरेक्टर क्यान्सर, अल्जाइमर र छालाको क्यान्सरको रोकथाममा पनि सहयोग गर्ने उल्लेख छ।
तर, कफी कस्तो अवस्थामा पिउने भन्ने कुराको हेक्का राखेर मात्र पिउनुपर्दछ। होइन भने यसले अनेकौं रोगहरु नित्याउन सक्छ। यसमा कफिनको मात्रा बढी हुने भएकाले निद्रा नलाग्ने हुन्छ।
यदि गर्भवती महिलाले अत्याधिक मात्रामा कफी पिएमा गर्भपतन हुन सक्ने, शिशु अपरिपक्व जन्मने लगायतका समस्या देखिने अध्ययनले खुलाएको छ।
बढी मात्रामा कफिन मिश्रित पदार्थ पिउनाले मुटूको धड्कन दर औसतको भन्दा बढी हुने अमेरिकन हार्ट एशोसियसनका प्रवक्ता भिन्स बफालिनोले बताए।
‘हाइपर टेन्सन र अनियमित धड्कनको दर पनि कफिनका कारणले वृद्धि हुन्छ। यदि मानिस स्वस्थ छ भने दैनिक २ कपसम्म कफि पिउनु नराम्रो होइन तर यदि आफ्नो अवस्था प्रतिकूल छ भने कफिन पदार्थबाट बनाइएका कुनैपनि कुराको सेवन नगर्नु नै उचित मानिन्छ।
डिक्याफिनेटेढ कफीमा पनि कफिन पदार्थ हुने भन्दै बफालिनोले भने, ‘यदि तपाईँ दैनिक ३ कप डिक्याफिनेटेड कफी पिउनुहुन्छ भने मैले यसलाई पनि रोक्ने सल्लाह दिन्छु।’
अत्याधिक कफी पिउनाले यसमा रहेको कफिन पदार्थका कारण पिषाबमा पाइने क्याल्सियमलाई घटाउन मद्दत गर्दछ।