कुशल पंजाबीको निधन भएको ९ दिनपछि श्रीमती आन्द्रेले खोलिन् यस्तो रहस्य, भनिन् : ‘कुशल लापरवाह पिता थिए, ऊ सम्बन्धमा पनि असफल रह्यो’



२० पुष २०७६, काठमाडौँ

केहीदिन अघि भारतीय टेलिभिजनका चर्चित अभिनेता कुशल पंजाबीले आत्महत्या गरेका थिए । उनका नजिकका साथीहरुले कुशलले श्रीमतीसँग अलग भएको र काम नपाएका कारण डिप्रेशनमा गएर सुसाइड गरेको बताएका थिए ।

धेरैले कुशलको मृत्युको कारण उनकी श्रीमतीलाई समेत देखाए । यस्तै कुशलको निधन भएको ९ दिनपछि उनकी श्रीमती आन्द्रे डोल्हनले यसबारे केही बताएकी छिन् ।

आन्द्रेले कुशल लापरवाही पिता भएको बताइन् । उनले आफ्नो वैवाहिक सम्बन्धलाई पनि कुशलले राम्रोसँग  निभाउन नसकेको बताएकी छिन् । आन्द्रेले केहीसमय देखि कुशलको सम्पूर्ण खर्च समेत आफूले दिइरहेको बताइन् ।

एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई थाहा छैन कि यसका लागि मलाई किन आरोप लगाइँदैछ ।’ उनले कुशल आफ्नो परिवारको विषयमा सिरियस नभएको पनि आरोप लगाइन् । अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘उनी लापरवाह पिता थिए र उनले कहिले पनि आफ्नो छोराको भविष्यबारे सोचेनन् ।

प्रतिक्रिया दिनुहोस्