अष्ट्रेलियामा झरीसँगै आयो खुशीयाली, आगो भने अझै दन्किन सक्ने चेतावनी



२१ पुष २०७६, काठमाडौं

अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा आएको गिरावटले खुशीयाली छाएको छ।

केही समयदेखि दन्किएको आगोले अत्याधिक तापक्रम बढेर केही मानिसहरुको मृत्युसमेत भएको अवस्थामा झरी पर्दा त्यहाँ खुशीयाली छाएको अधिकारीहरुले बताएका छन्।

साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको हो। यद्यपि आगोले भने अझै उग्र रुप लिएको अन्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ।

‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान भनेकी छिन्।

डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन्। यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन्।

यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन्।

प्रतिक्रिया दिनुहोस्