अष्ट्रेलियाको डढेलोको मुस्लो न्यूजिल्याण्डसम्म…



२१ पुष २०७६, काठमाडौं

अष्ट्रेलियामा भएको आगलागीबाट उडेको धुवाँको मुस्लो न्यूजिल्याण्डसम्म पुगेको छ।

डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्यूजिल्याण्डको अकल्याण्ड शहरको आकाश ढाकेको अधिकारीहरुले बताएका छन्। न्यूजिल्याण्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्यूजिल्याण्डतर्फ आएको जनाएको छ।

अष्ट्रेलियाको आगलागीबाट मुस्लो आएको यो दोस्रो पटक भएको न्यूजिल्याण्डका अधिकारीहरुले बताएका छन्। मुस्लोले उत्तरी आइल्याण्ड र दक्षिणी आइल्याण्डको माथिल्लो भागलाई पनि ढाकेको बताइएको छ।

त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ। यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्