२१ पुष २०७६, काठमाडौं
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ९ र १० को बुढीचौर पर्यटकीय क्षेत्र विकास कार्यक्रमको लागि ३ नं. प्रदेशको वन, पर्यटन तथा उद्योग मन्त्रालयबाट २ करोड ५० लाख विनियोजन गरिएको छ।
यही आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने परियोजनाको स्थलगत निरीक्षण मन्त्रालयको योजना प्रमुख शिव सापकोटा सहित इञ्जिनियर नवलपुर इलाका वन कार्यालय प्रमुख पन्नालाल चौरासिया, नेकपा जिल्ला अध्यक्ष झम्क नेपाल, ठेकेदार कम्पनीका प्रतिनिधिहरुको सहभागितामा भएको थियो।
बुढीचौर पर्यटकीय क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजनमा विशेष भूमिका निर्वाह गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, पर्यटनमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाललाई बुडिचौर पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष लायुर लामाले विशेष धन्यवाद दिएका छन्।