करिनाले हानेकी थिइन् बिपासालाई थप्पड, यस्तो रहेछ कारण



२२ पुष २०७६, काठमाडौँ

बिपासा बासु र करिना कपुर दुवै बलिउडका चर्चित नायिका हुन् । बिपासा आजभोली चलचित्रमा भन्दा आफ्नो व्यक्तिगत जीवनमा धेरै व्यस्त छिन् भने करिना फिल्म गरिरहेकी छिन् । बिपासाले बलिउडमा डेब्यु नै करिनासँग गरेकी थिइन् ।

सन् २००१ अजनबी बाट बिपासाले बलिउडमा डेब्यु गरेकी थिइन् । जहाँ करिनाको पनि मुख्य भूमिका रहेको थियो । त्यसबेला करिना र बिपासाबिच ठूलै झगडा परेको थियो । तर यसबारे धेरै मानिसलाई भने थाहा छैन ।

भारतीय मिडिया अनुसार त्यसबेला करिना र बिपासाबिच यति ठूलो झगडा भएको थियो कि करिनाले बिपासालाई थप्पड नै हानेकी थिइन् ।

बिपाशाले सन् २००१ मा फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा यसबारे यसो भनेकी थिइन्, ‘मलाई लाग्छ कि यसलाई तिलको पहाड बनाइएको हो । यदि करिनालाई डिजाइनरसँग समस्या थियो भने मलाई बीचमा किन तानिन् रु  त्यो साँच्चै नै करिनाको अपरिपक्व व्यवहार थियो । म अब करिनासँग दोस्रो पटक कहिले पनि काम गर्ने छैन ।’

प्रतिक्रिया दिनुहोस्