मनिषा कोइरालासँग नेपाली ढाका टोपीमा देखिए ज्याकी श्राफ



२२ पुष २०७६, काठमाडौँ

मनिषा कोइरालाले सामाजिक सञ्जालमा बलिउडका चर्चित अभिनेता ज्याकी श्राफसँगको एक तस्बिर सेयर गरेकी थिइन् । उक्त तस्बिरले निकै नै चर्चा पायो । तस्बिरमा ज्याकी श्राफले नेपाली ढाका टोपी लगाएका थिए ।

मनिषा र ज्याकी एकअर्काका  मिल्ने साथी हुन् । यी दुईले एकसाथ धेरै चलचित्रमा काम गरेका छन् । मनिषाले लामो समयपछि ज्याकीसँग समय बिताउन पाएकोमा निकै नै खुसी लागेको बताए ।

तस्बिरमा ज्याकीसँगै मनिषाका आमाबुबालाई पनि देख्न सकिन्छ । तस्बिर महाराष्टको एक फामको रहेको छ । मनिषाले बलिउड मात्र नभएर नेपाली चलचित्रमा पनि काम गरेकी छिन् । उनले राजेश हमालसँग धर्मा नामक चलचित्रमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्