विवाह गर्दै बलिउड अभिनेत्री कगंना !



२२ पुष २०७६, काठमाडौँ

कंगना रणावत बलिउडकी चर्चित नायिका हुन् । उनी यतिबेला चलचित्र पंगा को प्रमोशनमा व्यस्त छिन् । कगंना धेरै विवादमा आइरहने नायिका हुन् । जसका कारण कगंनालाई धेरैले रिसाहा अभिनेत्री समेत भन्ने गरेका छन् ।

तर कगंनाले आफू रोमान्टिक र नरम स्वभावको पनि भएको बताएकी छन् । वास्तवमा कगंनाले आफू कसैको प्रेममा भएका बताएकी हुन् । उनले आफू कसैको प्रेममा रमाइरहेको र अब छिट्टै विवाह गर्ने योजना बनाएको बताइन् ।

कुनै समयमा बलिउडमा कगंना र ऋतिक रोशनको नाम एकसाथ जोडिएर आउने गरेको थियो । पछि उनीहरुबिच ठूलै झगडा भयो । जसका कारण कगंना अहिले ऋतिकको नाम समेत लिन चाहन्नन् ।

प्रतिक्रिया दिनुहोस्