२२ पुष २०७६, काठमाडौँ
आजभोली एक व्यक्ति माहुरी म्यान को रुपमा परिचित छन् । पोखरामा बेगनास माहुरी घार उद्योग सञ्चालन गरिरहेका सूर्यप्रसाद लामिछानेले माहुरी पालन गरेकै कारण उनलाई माहुरी म्यान को उपाधी दिइएको हो ।
सूर्यप्रसादले माहुरी व्यवसाय सुरु गर्न आफूलाई गाह्रो भएको बताए । उनले दिनरातको मेहेनतपछि सयवटा मौरी घार तयार पारेका छन् ।
कास्कीमा माहुरीपालन व्यवसायमा रुचि राख्ने धेरै छन्। मह शुद्ध हो वा होइन भन्ने प्रमाणित गर्न नपाउँदा विदेश निर्यात गर्न नपाएको नेपाल मौरीपालन महासङ्घ गण्डकी प्रदेशका अध्यक्षसमेत रहेका लामिछानेको भनाइ छ। विदेशीले बिनापरीक्षण वा प्रमाणीकरण नभएको कुनै चिज पनि प्रयोग नगर्ने हुँदा यहाँको मह बाहिर निर्यात गर्न नसकिएको उनको गुनासो छ ।