अन्ततः टुट्यो छवि र शिल्पाको सम्बन्ध : अब एकसाथ बस्ने सम्भावना सकियो



२२ पुष २०७६, काठमाडौँ

छवि र शिल्पाको डिभोर्सको कुराले केहीसमय अघि सामाजिक सञ्जाल निकै तातेको थियो । उनीहरुको केस अदालतसम्म पुग्यो । तरपनि छवि र शिल्पा एकसाथ बसिरहेको खबर बाहिर आएको थियो ।

यसबारे छविले केही बताएका छन् । उनले शिल्पा र आफू एकसाथ बसेको कुरा सरासर गलत भएको बताए । त्यतिमात्र नभएर छविले शिल्पा र आफू अब एकसाथ बस्ने कुरा सम्भव नभएको पनि स्पष्ट पारे ।

छविले शिल्पा र आफ्नो सम्बन्धलाई एक मौका दिनको लागि उनीसँग भेट्न चाहँदा पनि उनी सम्पर्कमा नआएको र जन्मदिनको म्यासेज पठाउँदा पनि उनले केही रिप्लाई नदिएको बताए । छविले शिल्पा र आफू अब कानूनी प्रक्रिया अनुसार नै अलग हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्