कार दुर्घटनामा हड्डी धुलो भएपछि एक महिला इन्जिनियरले शरीरलाई नै कम्प्युटरमा रुपान्तरण गरिन्



२३ पुस २०७६, काठमाडौं

अमेरिकाकी एक महिला इन्जिनियरले कार दुर्घटनापछि आफ्नो शारीरमा पुगेको क्षतिबाट दैनिक काममा अवरोध आउन दिइनन् । उनले दुर्घटनापछि आफूलाई हिँडडूल गर्ने कम्प्युटरमा रुपान्तरण गरिन्, जसको फलस्वरुप उनी अहिले आफ्ना हरेक काम आफै गर्छिन् ।

अमेरिकामा बस्ने ३१ वर्षकी इन्जिनियर विन्टर मेराजको कार दुर्घटनापछि घुँडाको हड्डी धुलोपिठो भएको थियो । तथापि उनले दुर्घटनापछि हार मानिनन् र आफूलाई अलग अलग प्रत्यारोपणमार्फत दैनिक कामको लायक बनाइन् ।

लिभरपुल क्षेत्रमा बसोबास गर्ने विन्टरले प्रत्यारोपण मार्फत आफ्नो शरीरमा माइक्रोचिप्स लगाएर यसको योग्य बनाएकी हुन् ।

अहिले माइक्रोचिप्सको सहयोगले विन्टर इमेल पठाउँछिन् र घरको ढोका पनि खोल्छिन् । यति मात्र होइन उनले आफ्नो हातमा एलईडी लाइट्स र औलामा चुम्बक लगाएकी छन् जसको सहयोगले उनी घरको कार्यालयमा आफ्नो काम गर्छिन् ।

संचारमाध्यमसँग कुरा गर्ने क्रममा प्रत्यारोपणबारे बोल्दै विन्टरले अपरेशनबाट आफूले मानसिक ‘अवरोध’लाई तोड्न सकेको बताइन् । यसको सहयोगले उनले आफैलाई थप अगाडि बढाउने काम गरिन् ।
‘ मैले कसैमाथि भर नपरी मेरो समस्याबाट छुटकारा पाउने उपाय निकालेको हुँ ,’ विन्टरले भनिन् ।

विन्टरले हातमा लगाएको माइक्रोचिपमार्फत ढोका खोल्न सकिने, उनको व्यवसायसम्बद्ध हरेक जानकारी पनि आदानप्रदान गर्न सक्ने बताइन् । स्मार्टफोनमार्फत उनी आफ्नो अत्यावश्यक जानकारी अरुलाई दिन सक्छिन् ।

प्रतिक्रिया दिनुहोस्