सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ५० जनाको मृत्यु



२३ पुस २०७६, काठमाडौं

शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ५० जनाको मृत्यु भएको छ ।

इरानी मिडियाहरुले उक्त भागदौडमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।

भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । केर्मान सुलेमानीको गृहनगर समेत हो । त्यही उनको अन्त्येष्टी गरिएको छ।

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए ।

अमेरिकाले कमाण्डर सुलेमानीको हत्या गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्