बूढानीलकण्ठ कार दुर्घटना : परमिता राणाले आफ्नो गल्ती स्वीकार गर्दै लेखिन् यस्तो स्टाटस…



२३ पुष २०७६, काठमाडौँ

गत मंसिर २८ गते बुढानिलकण्ठ नगरपालिका– ५ बसपार्क नजिकै मादक पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिडिरहेकी एक महिलालाई ठक्कर दिएको थियो ।

गोरखा घर भएकी लिला देवकोटाको उपचारको क्रममा निधन भएको थियो । जुन कारले लिलालाई ठक्कर दिएको थियो उक्त कारमा ४ यात्रु रहेको प्रहरीले जनाएको थियो । जसमध्ये चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले सार्वजनिक गरिसकेको थियो भने एक जनाको नाम सार्वजनिक भएको थियो । कारमा रहेकी अर्की यात्रु अरु कोही नभएर नायिका परमिता राणा हुन् ।

परमिताले यो कुरा आफै स्वीकारेकी छिन् । उनले आफ्नो अफिसियल फेसबुक अकाउण्टमा लामो स्टाटस लेख्दै आफूबाट निकै ठूलो गल्ती भएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, सर्वप्रथम म सबैसँग माफी माग्न चाहन्छु । चार जना मानिसले लिएको एक मूर्खतापूर्ण निर्णयले एक निर्दोषको ज्यान गयो,’ उनले लेखेकी छिन्, ‘यो सत्य नहोस् र यो सपना मात्र होस् भन्ने कामना गरे पनि उक्त कार भित्र म पनि एक यात्रु थिएँ । म अझै पनि उक्त घटनाले स्तब्ध छु । माफी माग्नमा ढिलाइ गरेकोमा मनदेखि माफी क्षमा चाहन्छु ।’

चार सन्तानले आफ्नो प्रिय आमा र एक पतिले आफूलाई साथ दिने पत्नी गुमाएको भन्दै हरेक विहान आफ्नो हृदय र आत्मामा पीडा र शोक लिएर ब्युझने कुरा भगवानलाई मलाई थाहा भएको उल्लेख गरेकी छिन् । ‘अब म कहिल्यै पहिलेको जस्तो व्यक्ति हुनसक्दिनँ,’ उनले लेखेकी छिन् ।

‘पीडित परिवार सर्वसाधारण देखाएको प्रति देखाइएको सहानुभूति र साथप्रति म पनि उभिएकी छु,’ ।

प्रतिक्रिया दिनुहोस्