आसाममा ३ लाख दर्शकमाझ गुञ्जिए प्रमोद, गरे ‘भिजिट नेपाल २०२०’ को प्रचार



२४ पुष २०७६, काठमाडौँ

केहीसमय अघि आसाममा डेइजिङ फेस्टिभल भएको थियो । करिब १२ दिन चलेको फेस्टिभलमा एसियाका थुप्रै सेलिब्रेटी उपस्थित भएका थिए ।  यस्तै फेस्टिभलको अन्तिम दिन नेपालका चर्चित गायक प्रमोद खरेल पनि आफ्नो प्रस्तुती दिन आसाम पुगेका थिए ।

आसाममा प्रमोदले दर्शकलाई निकै झुमाए । उनको प्रस्तुती हेर्न करिब ३ लाखको हाराहारीमा दर्शक उपस्थित भएका थिए । प्रमोदले गाउँदा आसामको माहोल नै परिवर्तन भएको थियो ।

प्रमोदले आसाममा भिजिट नेपाल २०२० को प्रचार गर्न पनि भ्याए । उनले आसामका दर्शकलाई नेपाल आउनको लागि अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस्