२४ पुष २०७६, काठमाडौँ
बलिउडमा यस्ता केही अभिनेताहरु रहेका छन् । जसका चलचित्र हत्तपत्त असफल हुने गरेका छैनन् । अझ भनुम २०१९ त केही अभिनेताको लागि निकै नै फलदायी रह्यो । जसका चलचित्र सफल हुनुका साथै दर्शकको पनि निकै माया पाउन सफल भए । आज हामी तिनै बलिउड अभिनेताको बारेमा चर्चा गर्नेछौँ ।
अक्षय कुमार :
२०१९ मा अक्षयका ४ चलचित्र रिलिज भए र ४ चलचित्र नै बक्सअफिसमा सफल साबित भए । २०१९ मा अक्षयका केसरी, मिसन मंगल, हाउसफूल ४ र बर्षको अन्त्यमा गुड न्युज रिलिज भएका थिए । यी ४ वटै चलचित्रले १ सय करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो ।
आयुष्मान खुराना :
आयुष्मान पछिल्लो समयमा बलिउडमा आफ्नो राम्रो स्थान बनाउन सफल अभिनेता हुन् । उनलाई भर्सटाइल अभिनेता पनि भन्न थालिएको छ । २०१९ मा आयुष्मानका ३ चलचित्र रिलिज भएका थिए र ३ चलचित्र नै हिट साबित भएका थिए ।
सलमान खान :
बलिउडका सदावहार अभिनेता सलमान खानको लागि पनि २०१९ सुखद रह्यो । चलचित्रबा मात्र नभइ अन्य कुराहरुबाट पनि उनको चर्चा भैरह्यो । २०१९ मा सलमानका २ चलचित्र रिलिज भएका थिए, भारत र दबंग ३ । दुवै चलचित्रले धमाकेदार व्यापार गर्न सफल भए ।
कार्तिक आर्यन :
युवापुस्तामा निकै लोकप्रिय अभिनेता हुन् कार्तिक आर्यन । २०१९ कार्तिकको लागि पनि निकै राम्रो रह्यो । गतबर्ष उनको लुकाछुपी र पति, पत्नी और वो रिलिज भएका थिए । दुवै चलचित्रले राम्रो व्यापार गरे र कार्तिकको पनि चर्चा चुलियो ।
अजय देवगण :
अजय देवगनको गत वर्ष ‘देदे प्यार दे’ र ‘टोटल धमाल’ रिलिज भयो । दुबै फिल्मले एकसय करोड बढी कमाउन सफल भयो ।
ऋतिक रोशन :
२०१९ मा ऋतिकका सुपर ३० र वार रिलिज भएका थिए । वार ले २०१९ कै सर्वाधिक कमाइ गर्ने चलचित्रमा आफ्नो नाम लेखाउन सफल भयो भने सुपर ३० ले पनि राम्रो कमाई गर्यो । जसले ऋतिकलाई निकै फाइदा पुर्यायो ।