हजारौं उँट मारिँदै अष्ट्रेलियामा



२४ पुष २०७६, काठमाडौं

अष्ट्रेलियामा गर्मी बढेसँगै हजारौं उँटलाई हेलिकोप्टरबाट गोली हानेर मारिने भएको छ।

ठूलो संख्याको उँट पानीको खोजीमा शहर आउन थालेपछि घरमा नोक्सानी पुगेको भन्दै त्यहाँका आदिवासीले उजुरी दिएका थिए। ‘उँटहरु पानीको खोजीमा बाटोमा हिँडिरहन्छन्। बालबच्चाको सुरक्षाका निम्ति चिन्तित छौं।’ स्थानीय मरिता बेकरले बीबीसीसँग भनेकी छिन्।

साथै केही छाडा घोडासमेत मारिने जनाइएको छ। उँटलाई मार्न अष्ट्रेलियाको जल तथा वातावरण विभागले निशानेवाज बोलाउने बीबीसीले जनाएको छ। उँट र घोडालाई अनंगु पिट्जन्तजतजारा यानकुनिटजत्जारा (एपीवाई) भन्ने ठाउँमा मारिनेछ।

प्रतिक्रिया दिनुहोस्