अमेरिकालाई हङकङको सुझावः ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु’



२४ पुष २०७६, काठमाडौं

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई हङकङ सरकारले सुझाव दिएको छ।

अमेरिकी सरकारले बारम्बार हङकङमा चीनको हस्तक्षेप भएको बताइरहेको अवस्थामा हङकङले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएको हो।

यसअघि अमेरिकाले हङकङमा चीनको हस्तक्षेप भए, चीनले हङकङको मानवअधिकारको हनन् गरे आफूले हङकङमा लगानी नगर्ने चेतावनी दिएको थियो।

एससीएमपीका अनुसार बिहीबार हङकङ सरकारले एक देश दुई प्रणालीलाई आफूहरुले पछ्याउने र अमेरिकी हस्तक्षेप स्वीकार नगर्ने बताएको छ।

दुई देश एक प्रणालीको सिद्धान्त अनुसार हङकङ चीनसँग सम्बन्धित भएकाले यस विषय आन्तरिक भएको चीनले अमेरिकालाई चेतावनी दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्