इरानले गर्‍यो १६ ब्यालेस्टिक मिसाइल प्रक्षेपण



२४ पुष २०७६, काठमाडौं

अमेरिकासँगको टकरावबीच इरानले तीन स्थानबाट १६ वटा छोटो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।

१६ वटा मिसाइल मध्ये ११ आएन अल असद हवाई शिविरमा र अर्को इर्बिल नजिकैको शिविरमा प्रक्षेपण गरिएको थियो। उक्त प्रक्षेपणबाट त्रिपाल, ट्याक्सीवे, पार्किंङ्ग स्थल र एक हेलिकप्टर क्षतिग्रस्त भएको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बताएका छन्।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति हुन नपाएको जानकारी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गएरातिको सम्बोधनमार्फत् दिएको केही समयपछि इरानले यो क्षेप्यास्त्र हानेको हो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मंगलबार इरानले इराकमा संयुक्त गठबन्धन सेनाको कम्तीमा दुई वटा सैन्य शिविरमा २२ ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्