सारासँगको प्रेमबारे कार्तिकको भनाई : ‘फिल्म चल्नु अगावै हामी जोडी बन्यौँ’



२५ पुष २०७६, काठमाडौँ

साराअली खान र कार्तिक आर्यन दुवै अहिलेका चर्चित बलिउड कलाकार हुन् । यी दुईले चलचित्र लव आजकल मा एकसाथ काम गरेका छन् । उक्त चलचित्र प्रेम दिवसको अवसरमा प्रदर्शनमा आउँदै छ ।

चलचित्र रिलिज अगावै सारा र कार्तिकको जोडीलाई मन पराउने दर्शकको संख्या निकै बढेको छ । चलचित्र लब आजकल को छायांकनमा नजिकिएका सारा र कार्तिकको प्रेम र ब्रेकअपको पनि चर्चा चल्ने गरेको छ ।

कार्तिकले सारासँग काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । कार्तिकले साराले आफूलाई क्रस बताएपछि नै उनीसँग स्क्रिन सेयर गर्न रहर भएको खुलाए । कार्तिकले सारा र उनलाई दर्शकले चलचित्र रिलिज अगावै जोडी बनाइदिएकोमा निकै खुसी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्