२५ पुष २०७६, काठमाडौं
कांग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले उखु किसानहरुको १२ करोड तिरेका छन्। उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका उनले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरिदिएका हुन्।
‘उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उद्योगी एवं कांग्रेस सांसद वीरेन्द्र कनौडियाले सोको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्।
उखु किसानहरुको खातामा १२ करोड रुपैयाँ जम्मा गरेर चिनी उधोगी एवं कांग्रेस सांसद विरेन्द्र कनौडियाले सो´को जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई दिनुभएको छ l
अब चुक्ता गर्न ६ करोड बांकी रहेको बताउंदै यथासिध्र चुक्ता गर्ने प्रतिबद्धतापनि पार्टीसंग व्यक्त गर्नुभएको छ ! https://t.co/hJ7pyx4aa9
— Bishwa Prakash शर्मा (@bishwaprakash77) January 10, 2020
यस्तै शर्माले कनौडियाले अब ६ करोड तिर्न बाँकी रहेको पनि उल्लेख गरेका छन्। कनौडियाले गत साता उखु किसानहरुसँग गरेको सहमतिअनुसार माघ ७ गतेभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका थिए।