प्रेमीसँग ब्रेकअप भएपछि घर बेचेर वर्ल्ड टुरमा निस्किइन् यी महिला !



२५ पुष २०७६, काठमाडौँ

मानिसहरु प्रेममा धोका खाएपछि अनेक अनेक हर्कत गर्ने गर्छन् । यस्तै बेलायतकी एक महिलाले प्रेममा धोका पाएपछि आफ्नो घर बेचेर विश्व भ्रमणमा निस्किएकी छिन् ।

वास्तवमा कोलिंश नाम गरेकी ३० बर्षिया युवती बेलायतको एयरपोर्टमा काम गर्थिन् । उनको कमाइ पनि निकै राम्रो रहेको थियो । उनी एक व्यक्तिको प्रेममा थिइन् ।

प्रेमीसँग बिताएका पलहरु उनका लागि निकै रमाइला थिए । तर केही कारणबस उनको ब्रेकअप भयो । ब्रेकअप भएपछि धेरै मानिसको एक्लै बसेर रुने बानी हुन्छ । तर कोलिंश भने एक्लै रोएर बस्नुभन्दा रमाइलो गरी जीवन बिताउने सोचले आफ्नो घर बेचेर वर्ल्ड टुरमा निस्किइन् । उनले भारत, नेपाल लगायतका देश भ्रमण गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्