‘अमेरिकी सेनालाई लखेट्छौं’



२५ पुष २०७६, काठमाडौं

इरानी सेनाका एक उच्च कमान्डरले अमेरिकाविरुद्ध थप आक्रमण गर्ने चेतावनी दिएका छन्।

इरानी सरकारी टेलिभिजनमा बोल्दै इरानी सैन्य कमान्डर अमिर अली हाजिजादेहले ‘कासिम सुलेमानीको हत्याको बदलामा मध्यपूर्वमा तैनाथ अमेरिकी सेना लखेटेरै छाड्ने’ चेतावनी दिए।

इराकस्थित अमेरिकी फौजका दुई सैनिक क्याम्पलाई लक्षित गरी इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि हाजिजादेहको भनाइसार्वजनिक भएको हो। सुलेमानी इराकको राजधानी बग्दादमा एक साताअघि अमेरिकी सेनाको ड्रोन आक्रमणमा मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्