अष्ट्रेलियाको भीषण डढेलोबाट ४.४ अर्ब डलर नोक्सानी, क्षति झनै बढ्ने



२६ पुष २०७६, काठमाडौं

अष्ट्रेलियाको जंगलमा तीन महिनादेखि डडेलो लागिरहेको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभेको छैन ।

अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुदाँ डडेलो थप तिव्रताका साथ फैलिरहेको छ । रेटिङ एजेन्सी मूडीजले जंगलमा लागेको आगोको कारण ४.४ अर्ब डलरको नोक्सानी पुगिसकेको अनुमान सार्वजनिक गरेको छ ।

मूडीजसँग आबद्ध क्याटरीना एलका अनुसार डडेलोको कारण भएको क्षतिले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा उपभोक्ताको सरकारप्रतिको विश्वास नै डगमगाएको छ ।  मूडिजका अनुसार झन् वायु प्रदुषण र पर्यटन–कृषि क्षेत्रमा परेको नोक्सानीले अर्थतन्त्रको क्षति थप वृद्धि गर्न सक्छ ।

अष्ट्रेलियाको जंगल र झाडीमा लागेको डडेलोले ८४ लाख हेक्टर क्षेत्रलाई डडाइसकेको छ । त्यस्तै दुई महिनाभित्र २५ मानिस मारिईसकेका छ ।

डडेलोबाट न्यु साउथ वेल्स राज्यको कोबार्टो र मोगो सहरमा विध्वसं मच्चिएको छ । त्यस अतिरिक्त भिक्टोरिया राज्यको एक सहर मालाकूटामा पनि ठूलो क्षती भएको छ ।

प्रतिक्रिया दिनुहोस्