नेकपाले सभामुखमा उम्मेदवारी दिँदैः को बन्ला त सभामुख?



२६ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ।

शनिबार अपरान्ह बसेको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेसँगै सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।

सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने उनले केही बताएका छैनन्।

को बन्ला त सभामुख?

नेकपाभित्र सभामुख कसलाई बनाउने भन्नेबारे विवाद छ।

सभामुख पूर्वमाओवादीका तर्फबाट भएकाले अहिले पनि पूर्वमाओवादीकै तर्फबाट बनाइनुपर्ने अडानमा अध्यक्ष प्रचण्ड देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली नेकपा बनिसकेकाले सुवास नेम्वाङ्लाई सभामुख बनाउनुपर्ने अडानमा छन्।

प्रतिक्रिया दिनुहोस्