शिवमायाले राजीनामा दिनुहुन्न भन्ने सोचेका छैनौंः नेकपा प्रवक्ता



२६ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिँदैनन् भन्ने नलागेको बताएका छन्।

प्रवक्ता श्रेष्ठले आफूहरुलाई उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिदैँनन् जस्तो नलागेको बताएको बीबीसी जनाएको छ।

“प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचनका सन्दर्भमा हाम्रो पार्टी नेकपाले नै सभामुख पद हाँसिल गर्ने गरी उम्मेदवारी दिने तर संविधानको भावना अनुसार हाम्रो पार्टीकै तर्फबाट निर्वाचित उपसभामुख माननीय शिवमाया तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनुपर्ने देखिएकाले उहाँले पदबाट राजीनामा दिने भन्ने निर्णय भएको छ।” प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘उहाँले राजीनामा दिनुहुन्न भन्ने सोचेका छैनौं।’

♦ उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह

♦नेकपाले सभामुखमा उम्मेदवारी दिँदैः को बन्ला त सभामुख?

♦‘राजीनामाबारे मलाई जानकारी छैन, भोलिको बैठक मै चलाउँछु’

शनिबार (आज) बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने सहित सभामुखको उम्मेदवारी दिने निर्णय गरेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्