‘अभिनयमा नआएको भए सफाई कर्मचारी हुन्थे’ : दिपिका पादुकोण



२७ पुष २०७६, काठमाडौँ

बलिउडकी चर्चित नायिका दिपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र छपाक गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । छपाक एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनको रियल घटना हो ।

यो चलचित्र दिपिकाले आफ्नो लागि निकै विशेष भएको बताउँदै आएकी थिइन् । दिपिकाले चलचित्रको लागि आफूले निकै मेहेनत गरेको समेत बताइन् । यस्तै यसै चलचित्रको प्रमोशनको समयमा दिपिकालाई नायिका नभएको भए के बन्ने योजना थियो भनेर प्रश्न गरिएको थियो  ।

दिपिकाले अभिनयमा नआएको भए आफू सफाई कर्मचारी हुने बताइन् । दिपिकाले पहिले पनि यो कुरा बताएकी थिइन् । छपाक रिलिजपूर्व निकै विवादपूर्ण रह्यो  । यो चलचित्रलाई २ पटकसम्म मुद्दा पर्यो । अन्ततः चलचित्र भने रिलिज भयो ।

प्रतिक्रिया दिनुहोस्