२७ पुष २०७६, काठमाडौँ
अक्षय कुमार बेला बेलामा विवादमा आइरहने अभिनेतामा पर्छन् । अहिले पनि उनी ठूलो विवादमा परेका छन् । अक्षय विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनी आफैले खेलेको एक विज्ञापनको कारण विवादमा मुछिएका छन् ।
केहीसमय अघि अक्षयले एक डिटरजेन्टको विज्ञापनमा काम गरेका थिए । उक्त विज्ञापनमा उनले मराठी समुदायका मानिसहरुको भावनामा ठेस पुर्याएको भन्दै उनीविरुद्ध मुद्दा परेको हो ।
युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ। त्यतिबेलै एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्दछिन्। त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ। विज्ञापनमा अक्षय राजाको रूपमा नाँच्दै बाल्टिनमा लुगा धोइरहेका देखिन्छन्।
विज्ञापनमा देखाइएका वस्तुले मराठी समुदायका मानिसको भावनामा चोट पुगेको कुरा उजुरीमा उल्लेख भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अभिनेता अक्षय कुमार भने यसबारे मौन छन् । उनले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।