२७ पुष २०७६, काठमाडौँ
बलिउड कलाकार र बलिउड चलचित्रको चर्चा भारतमा जति हुन्छ त्यति नै नेपालमा पनि हुने गरेको छ । किनकी नेपाली दर्शकले पनि बलिउड चलचित्र र बलिउड कलाकारलाई निकै मन पराउने गरेका छन् । अझ भनुम पछिल्लो समयमा त नेपालमा नेपाली चलचित्रको भन्दापनि बलिउड चलचित्रको वर्चस्व बढी कायम छ ।
आज हामी यहाँ चलचित्रको पर्दामा दर्शकले सर्वाधिक रुचाएका बलिउड जोडीहरुको बारेमा चर्चा गर्नेछौँ ।
शाहरुख खान र काजल :
चलचित्रको पर्दामा काजल र शाहरुखलाई अहिले पनि बेष्ट नै मानिन्छ । शाहरुख र काजलले एकसाथ धेरै चलचित्रमा काम गरिसकेका छन् । उनीहरुले लेखेका कुछ कुछ होता हे, दिलवाले दुल्हनिया ले जायेगें, माइ नेम इज खान, दिलवाले, कभी खुसी कभी गम लगायतका चलचित्र आज पनि हरेक दर्शकको लागि विशेष छन् ।
सलमान खान र कट्रिना कैफ :
सलमान खान र कट्रिना कैफ पनि पर्दाका लोकप्रिय जोडी हुन् । यी दुईले एकसाथ थुप्रै चलचित्रमा काम गरिसकेका छन् । सलमान र कट्रिना पूर्व प्रेमी–प्रेमिका पनि हुन् । सलमान र कट्रिनाले एक था टाइगर, टाइगर जिन्दा हे, भारत लगायतका चलचित्रमा रोमान्स गरिसकेका छन् । सलमान र कट्रिनाको जोडीलाई रुचाउने दर्शकको संख्या अत्याधिक मात्रामा रहेको छ ।
दिपिका पादुकोण र रणवीर सिंह :
रणवीर र दिपिका पर्दाका मात्र नभएर रियल लाइफका पनि जोडी हुन् । चलचित्रमा एकसाथ काम गर्दा गर्दै यी दुईबीच प्रेम भएको थियो । रणवीर र दिपिकाको जोडीलाई धेरैले आइडल जोडी मान्ने गरेका छन् । दिपिका र रणवीरले रामलिला, पद्यावत, बाजीराव मस्तानी लगायतका सुपरहिट चलचित्रमा एकसाथ काम गरेका छन् ।
वरुण धवन र आलिया भट्ट :
वरुण र आलियाले एकसाथ बलिउडमा डेब्यु गरेका हुन् । दुवैले चलचित्र स्टुडेन्ट अफ दि इयर बाट बलिउडमा डेब्यु गरेका थिए । चलचित्रमा उनीहरुसँगै सिद्धार्थ मल्होत्रा पनि थिए । तर दर्शकले आलिया र वरुणको जोडीलाई धेरै रुचाए । धेरै दर्शकको चाहना आलिया र वरुण रियल लाइफमा पनि जोडी भएको हेर्ने थियो । तर रियल लाइफमा भने आलिया रणवीर र वरुण नताशाको प्रेममा रमाइ रहेका छन् । आलिया र वरुणले एकसाथ कलंक, बद्रीनाथ की दुल्हनिया, हम्टि शर्माकी दुल्हनिया लगायतका चलचित्रमा काम गरेका छन् ।
करीना कपुर र अक्षय कुमार :
बलिउडमा पर्दामा रुचाइएका अर्का चर्चित जोडी अक्षय र करीना पनि एक हुन् । अक्षय र करीनाले थुप्रै चलचित्रमा एकसाथ काम गरेका छन् । यी दुईले कम्बक्त इश्क, रावण, गुड न्युज लगायतका चलचित्रमा एकसाथ काम गरेका छन् । यी दुईको जोडीलाई दर्शकले निकै नै रुचाएका पनि छन् ।