नेकपामा सभामुखमा कुरा नमिलेपछि सूचना टाँस गरी संसद स्थगित



२७ पुष २०७६, काठमाडौं

प्रतिनिधि सभाको आइतबार (आज) बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।

सभामुखको उम्मेदवारको बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सहमति जुट्न नसकेपछि संसद स्थगित भएको हो।

सभामुखको उम्मेदवारका बारेमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान छलफल गरेका थिए। छलफलका लागि उनीहरुले उपसभामुख डा. शिवमाया तम्बाहाम्फेलाई बोलाएका थिए।

शनिबार साँझ बसेको नेकपाका सचिवालय बैठकले तम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिएको थियो। व्यवस्थापिका संसदको अर्को बैठक ६ माघमा बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्