मुसर्रफको मृत्युदण्ड रद्द



२८ पुष २०७६, काठमाडौं

पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार सैन्य शासक परवेज मुसर्रफको मृत्युदण्डको फैसला रद्द गरेको छ।

विशेष अदालतले देशद्रोहको अपराधमा मृत्युदण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ बताउँदै मृत्युदण्डको फैसला रद्द गरेको हो।

यूएइमा रहेको मुसर्रफको मृत्युदण्ड फैसलालाई यसअघि मुसर्रफले बदला लिन खोजको संज्ञा दिएका थिए भने पाकिस्तानी सेनाले यसप्रति असन्तुष्टि प्रकट गरेका थिए।

सरकारका तर्फबाट वकिल इस्तियाक ए खानले जनाएअनुसार ‘आरोप लगाइएको, विशेष अदालत गठन गरिएको, वादी समूहको छनौट र निर्णय सबै गैरकानुनी छ।’ उनी थपेका छन्, ‘मुसर्रफ अब स्वतन्त्र व्यक्ति हुन्। हाल उनीमाथि कुनै दण्ड छैन।’

प्रतिक्रिया दिनुहोस्