‘माया नमार २’ बाट चलचित्रमा डेब्यु गर्दै रमित ढुङ्गानाका छोरा



२९ पुष २०७६, काठमाडौँ

रमित ढुङ्गाना कुनै समयका चर्चित नेपाली नायक हुन् । उनले धेरै सफल चलचित्रमा काम गरेका छन् । पछिल्लो समयमा भने नयाँ कलाकारको आगमनसँगै उनी हराउँदै गए । अहिले फेरि उनी चलचित्रमा फर्कने तरखरमा छन् । उनले राजा साहेब नामक चलचित्रमा काम गर्दैछन् । चलचित्र राजा साहेब को माघको पहिलो साताबाट छायांकन सुरु हुदैँछ ।

यस्तै रमितले अब आफ्ना छोरालाई पनि चलचित्रमा भित्र्याउने भएका छन् । उनले छोरा ओजश्रीलाई चलचित्र माया नमार २ बाट चलचित्रमा डेब्यु गराउँदै छन् । स्मरण रहोस् माया नमार रमितको डेब्यु चलचित्र थियो । यही चलचित्रबाट उनले आफूलाई चलचित्र क्षेत्रमा स्थापित गरेका थिए ।

तर रमितले छोरालाई अब ४ बर्षपछि मात्र चलचित्रमा ल्याउने योजना रहेको पनि बताए । रमितका छोरा ओजश्री १५ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी कम्युटर इन्जिनियरिङमा आफ्नो अध्ययन पुरा गर्दैछन् । ओजश्रीले निकै मेहेनत गरेर मात्र आफू अभिनयमा आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्