२९ पुष २०७६, काठमाडौँ
नायिका आँचल शर्मा केहीसमय यता डा. उदिप श्रेष्ठको प्रेममा छिन् । उनले केहीसमय अघिमात्र आफ्नो प्रेम सार्वजनिक गरेकी हुन् । उनले आफू विगत १ बर्षदेखि उदिपको प्रेममा भएको बताएकी छिन् ।
यस्तै नायिका आँचल शर्माको नाम सधैँ पल शाहसँग जोडिएर आउने गरेको छ । उनीहरुको जोडीलाई दर्शकले औधी रुचाउने गरेका छन् । यी दुईले सँगै धेरै म्यूजिक भिडियो र केही चलचित्रमा काम गरिसकेका छन् ।
अझ दर्शकले त आँचल र पलको अफेयर चलिरहेको पनि बताउँदै आएका थिए । तर आँचल र पलले भने सधैँ आफूहरु साथीमात्र भएको बताउँदै आए । यस्तै पललाई आफ्नो इन्डष्ट्रिकै राम्रो साथी बताउने आँचल आजभोली पलसँग आफ्नो नाम नजोडियोस् भन्ने चाहन्छिन् भन्ने चर्चा बजारमा चल्न थालेको छ ।
हालै एक म्युजिक भिडियोको छायांकनमा भेटिएकी आँचललाई पत्रकारले सोधे – पल शाहलाई छोडेर सलोन बस्नेतसँग नाच्दा कस्तो लागिरहेको छ ? उनको उत्तरमा आँचलले भनिन् – ‘हरके प्रश्नमा अब पल जीको कुरा नलिऔं होला । अब मैले अरू कोहीसँग बिहे नै गर्न लागेकी छु भने किन पल जीलाई जोड्ने’ ?
आँचलको यो जवाफले सबैलाई अचम्मित बनाएको छ । जुन आँचल पलसँगको आफ्नो सम्बन्ध कहिल्यै नबिग्रने बताउँथिन् आज त्यहिँ आँचल पलसँग आफ्नो नाम जोडेको मन पराउँदिनन् । कतै पल र आँचलबिच मनमुटाव त भएको छैन ?