बाबा रामदेवको दिपिकालाई सुझाव : ‘मलाई राजनीति सल्लाहकार राख्दा हुन्छ’



२९ पुष २०७६, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र छपाक ले बलिउडमा कमाल गर्न सकेन । यो चलचित्रले बलिउडमा धमाकेदार व्यापार गर्ने अनुमान लगाइएको थियो । तर रिलिजपूर्व विवादमा आएका कारण यसको असर चलचित्रको व्यापारमा देखियो ।

त्यसबाहेक दिपिका केहीदिन यता राजनीतिमा लागेको भन्ने हल्लाका कारण पनि चर्चामा छिन् । उनले कांग्रेस पार्टीलाई सपोर्ट गरेको बताइएको  थियो । यसबारे दिपिकाले केहीपनि बताएकी भने छैनन् ।  यस्तै योग गुरु रामदेव बाबाले दिपिकाले राजनीतिमा प्रवेश गर्नुपूर्व आफूजस्ता व्यक्तिको सल्लाह लिन आवश्यक रहेको बताएका छन् ।

उनले भने–‘दीपिकाले राजनीतिक र सामाजिक बिषयमा कुनै ठूलो निर्णय लिनु अगाडि वुझ्न जरुरी छ । उनले, म जस्ता व्यक्तिलाई सल्लाहाकारको रुपमा राख्न जरुरी छ जसले उनलाई सही सल्लाहा दिउन् ।’

प्रतिक्रिया दिनुहोस्