‘छोरी मान्छेलाई चान्स मार्न कसले खोज्दैन र’ ? : अञ्जली अधिकारी



२९ पुष २०७६, काठमाडौँ

अञ्जली अधिकारी अहिलेकी चर्चित मोडल हुन् । उनले केही चलचित्रका गीतमा पनि काम गरिसकेकी छिन् । अञ्जलीलाई यो क्षेत्रमा आफूलाई स्थापित गराउन पक्कै पनि सजिलो थिएन । हुन त यो ग्ल्यामर फिल्ड नै सजिलो छैन ।

यो क्षेत्रमा धेरै कुराहरुको सामना गर्नुपर्ने हुन्छ । अञ्जलीले पनि आफ्ना सुरुवाती दिनमा धेरै समस्याहरु झेल्नुपर्यो । एक त उनी यो क्षेत्रमा आएकाले उनका गाउँका मान्छेले उनको कुरा काट्न थालिसकेका थिए । जसको असर कतै न कतै अञ्जलीलाई परेको थियो ।

त्यतिमात्र नभएर उनलाई धेरैले पैसाको प्रलोभन देखाएर अनैतिक व्यवहार समेत गर्न खोजेका थिए । तर अञ्जलीले आफ्नो बाटो परिवर्तन गरिनन् । उनले मेहेनत गर्दै गइन् र आज सफल मोडलको रुपमा आफूलाई चिनाउन सफल पनि भइन् ।

अहिले उनी देश तथा विदेशका कार्यक्रममा पनि निकै व्यस्त हुने गरेकी छिन् । अञ्जली आफै पनि यो क्षेत्रमा छोरी मान्छेलाई सबैले लाइन मार्न खोज्ने गरेकाले आफै सजग हुन आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्