पोर्चुगलको समुद्रमा डुबेर नेपाली दाजुभाइको मृत्यु



२९ पुष २०७६, काठमाडौं

पोर्चुगलको समुन्द्री किनारमा माछा मार्न गएका दुई नेपाली दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ घर भएका दाजुभाइ श्याम वाइवा तामाङ र कमल वाइवा तामाङ छन्। पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका हुन्।

९ महिनाअगाडि पोर्चुगल पुगेका उनीहरुले रेष्टुँरा सञ्चालन गर्दैआएका थिए। दुबै शवको अन्त्येष्टि पोर्चुगलमै गर्ने वा नेपाल पठाउने भन्ने निर्णय भइनसकेको तामाङ समाज पोर्चुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्