आमाको १३ औँ तिथीमा भावुक हुदैँ ऋचाले लेखिन् : ‘दुःख बिसाउने काख गुमाएँ’



०१ माघ २०७६, काठमाडौँ

चर्चित नायिका ऋचा शर्माले करिब १ महिना पहिले विवाह गरेकी थिइन् । विवाह गरेको खुसी साट्न नपाउँदै उनले आफ्नी आमा गुमाइन् । आज ऋचाको आमाको निधन भएको १३ औँ दिन पुगेको छ । आमाको निधन भएको १३ औँ तिथीमा ऋचाले आमालाई सम्झदैँ सामाजिक सञ्जालमा निकै भावुक स्टाटस अपलोड गरेकी छिन् ।

उनले लेखेकी छिन्,

‘आज हाम्री आमाको १३ औं पुन्य तिथिमा उहाँलाई सम्झिदा मेरो लागि अझ आमा शब्दको अर्थ र महत्व झन धेरै बढेको छ। एउटा कहिले नभरिने खालिपन त छदैं छ नै तर त्यसको साथै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अध्यायमा पनि बिराम लागेको छ। एउटा साथी, एउटा संरक्षक, दुस्ख बिसाउने काख सबै गुमाएको छु। हामी एक अर्काको खुशीमा खुशी हुन्थ्यौ अनि दुस्खमा दुखी। मेरो सानो सानो सफलतामा खुशी हुनुहुने आमा, अनि मेरा अफ्ठ्याराहरुमा मेरो हौसाला हुनुहुने आमा,’ उनले लेखेकी छिन्  ‘भनिन्छ आमको ऋण तिरेर कहिले सकिदैन। आज यो वाक्यलाई सही रुपले बुझेको छु। त्यो ऋण तिर्न नसके पनि आमालाई जहाँ हुनु भए पनि सधैं खुशी राख्न उहाँले देखाउनु भएको बाटोमा आफुलाई सधैं हिँडाउँछु। शायद आमालाई यही नै सच्चा श्रद्धान्जली हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्