युक्रेनी विमान खसालिएको घटनासँग सम्बन्धित कैयौं मानिस पक्राउ



०१ माघ २०७६, काठमाडौं

इरानमा दुर्घटनावश क्षेप्यास्त्र प्रहार गरी युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनासँग जोडिएका कैयौं मानिसलाई पक्राउ गरिएको इरानी न्यायालयले जनाएको छ।

इरानका राष्ट्रपति हसन रुहानीले गत साता युक्रेनी यात्रुवाहक विमान खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताएका छन्। उनले एक विशेष अदालतको निगरानीमा त्यसको छानबिनको हुने बताए छन्।

‘भुलवशु युक्रेनी विमान खसालिएको इरानले स्वीकार्‍यो।’ राष्ट्रपतिलाई उदृत गर्दै बीबीसीले जनाएको छ। इरानी न्यायालयका प्रवक्ता गुलामहुसेन इस्माइलीले युक्रेनी यात्रुवाहक विमान खसालिएको घटनाको अनुसन्धान जारी रहेको बताए। तर, उनले त्यसबारे थप जानकारी दिएनन्।

युक्रेनियन इन्टरन्याश्नल एअरलाइन्सको पीएस ७५२ उडान गत बुधबार तेहरानबाट उडेलगत्तै खसालिएपछि त्यसमा सवार सबै एक १७६ जनाको ज्यान गएको थियो। जहाँ, अधिकांश मृतकहरू इरानी र क्यनडाली नागरिक थिए।

सुरुमा इरानले त्यो विमान खसालिएको भन्ने विवरण अस्वीकार गरे पनि पछि प्रमाणहरू जुट्दै गएपछि त्यो विमानमा क्रुज मिसाइल प्रहार गरिएको तथ्य बाहिरियो।

मंगलबार (हिजो) त्यस विषयमा बोल्दै इरानका राष्ट्रपति हसन रुहानीले युक्रेनी यात्रुवाहक विमानलाई खसाल्ने कार्य अक्षम्य गल्ती भएको बताए। उनले त्यो घटनाबारे गहन छानबिन हुने प्रतिबद्धता व्यक्त गरेका छन्।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्