०१ माघ २०७६, काठमाडौँ
विश्वका धेरै देशहरुमा ट्रान्स जेन्डरको सिस्टम भित्रिसकेको छ । जसका कारण सजिलै केटाले आफूलाई केटीमा र केटीले आफूलाई केटामा परिवर्तन गर्न सकिरहेका छन् । नेपालमा पनि त्यस्ता व्यक्तिहरु नभएका होइनन् तर नेपालमा त्यस्तो प्रविधि नभित्रिएकाले विदेशमा गएर जेन्डर चेन्ज गर्नेहरुको संख्याको कमी यहाँ छैन ।
तर अब जेन्डर परिवर्तन गर्न चाहने व्यक्तिहरुले विदेश जानुपर्ने छैन । किनकी नेपालमै जेन्डर परिवर्तन गर्ने सिस्टम आउने भएको छ ।
अब नेपालमै केटालाई केटी र केटीलाई केटा बनाउन सकिन्छ। यससम्बन्धी प्लाष्टिक सर्जरीको चिकित्सकहरुले तालिम लिइरहेका छन् र केहीले थाइल्याण्ड गएर अपरेशनमा सहभागी पनि भएर आएका छन् । यो काम नेपालमै गर्नको लागि तयारी भैरहेको छ ।
जो केटा मान्छे भएर जन्मिएको छ तर केटी मान्छेजस्तो बन्नु परेको छ अनि उसको भावना र सोचाइ पनि त्यस्तै छ। त्यस्तो अवस्थामा केटाको जेनाइटल अर्गानलाई परिवर्तन गरेर केटीको जस्तो बनाउनु पर्छ। त्यो गर्दा उहाँहरूले मानसिक रूपमा स्वीकार गर्नुहुन्छ। त्यो ट्रान्सजेन्डरले मात्रै गर्ने कुरा हो। सबैले गर्ने कुरा हुँदैन।
प्राविधिक हिसाबले नेपालमा सेक्स चेन्ज सम्भव छ। किनकी यो एक प्रकारको अपरेशन नै हो। त्यसका लागि कानुनी प्रक्रिया छन्। कानुनी प्रक्रिया मिलाएपछि तुरून्तै यो काम सुरू गर्ने योजना भैरहेको छ।