०१ माघ २०७६, काठमाडौं
घरपरिवार र वडा कार्यालयमा सुर्खेत जान्छु भनेर हिँडेका कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एउटा होटलमा मृत भेटिएका छन्।
अहिले विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा एउटा टोली अवस्था बुझ्न भारत गएको नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिएका छन्।
खरेलका अनुसार भारतीय प्रहरीले खड्काले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली सुरक्षा अधिकारीलाई गराएको छ। परिवारले भने खड्का सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको बताएका छन्।