०२ माघ २०७६, काठमाडौँ
वरुण धवन पछिल्लो समयका निकै चर्चित अभिनेता हुन् । उनी यतिबेला चलचित्र स्ट्रिट डान्सर थ्रिडी को प्रचारप्रसारमा व्यस्त छन् । यसबाहेक यसै बर्ष उनको कुली नं.१ पनि रिलिज हुदैँछ ।
यस्तै कुली नं. १ पछि उनले चलचित्र मिस्टर लेले लाई आफ्नो समय दिनेछन् । चलचित्र मिस्टर लेले को फस्टलुक पनि रिलिज भैसकेको छ । यस चलचित्रका अन्य कलाकारबारे भने खुलाइएको छैन । चाडैँ नै निर्माण टिमले अन्य कलाकारबारे पनि जानकारी दिने बताएको छ । यो चलचित्र २०२१ को जनवरीमा प्रदर्शन गर्ने तयार भैरहेको छ ।
सार्वजनिक पोष्टरमा वरुण अर्धनग्न अवस्थामा देखिएका छन् । तास अवस्थामा देखिएका वरुणको हातमा पेस्तोल पनि छ । कम्मरमा सानो झोला पनि बाधेका छन् । प्राय लभर व्याईको भूमिकामा देखिने वरुणको यो अवतार फरक लाग्छ ।