०२ माघ २०७६, काठमाडौँ
पूर्वमिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् ।
नताशाका अनुसार उनलाई फ्निले आफ्नो पोर्टलमा उनको नाम कुनै एडल्ट पोस्टमा ट्याग गरेका थिए । उनले उक्त पोस्ट अर्को वेभसाइटमा पनि पठाएका थिए ।
नताशाले बताएअनुसार न’क्कली आर्टिकल र बाथरुममा खिचिएको तस्बिरमा अनुहार ब्लर गरेर उक्त फोटोमा नताशा सुरी सिंहको नाम दिइएको थियो ।
जसका कारण नताशाले साइबर क्राइमको उजुरी दिएकी छिन् । यतिबेला सामाजिक सञ्जालमा नताशाका अश्लील तस्बिर निकै भाइरल भैरहेका छन् । जसका कारण बलिउडमा पनि तहल्का नै मच्चिरहेको छ ।