एक दम्पत्तिले २ कलिला बच्चासहित त्रिशुलीमा हाम फाले, यस्तो रहेछ हाम फाल्नुको रहस्य…



०३ माघ २०७६, काठमाडौँ

एक दम्पत्तिले आफ्ना २ कलिला बच्चासहित त्रिशुली नदीमा हाम फालेका छन् । अहिले यो खबरले सबैको आङ सिरिङ्ग बनाएको छ । आफ्ना बाबुआमाले नै कलिला सन्तानसहित नदीमा हाम फाल्ने आँट कसरी गर्न सक्छन् ?

काठमाडौँको थानकोटमा बस्ने एक दम्पत्ति माघे संक्रान्ति मनाउन गोरखा पुगेका थिए । गोरखाबाट फर्कने क्रममा बिनय लामिछाने नाम गरेका युवक र उनकी श्रीमती जमुना लामिछानेले आफ्ना २ बर्षिया र ६ महिना मात्र पुगेका २ सन्तानसहित त्रिशुलीमा हाम फालेका हुन् ।

हाम फाल्ने क्रममा श्रीमती जमुनाको तत्काल मृत्यु भएको छ भने बिनयको यतिबेला अस्पतालमा उपचार भैरहेको छ । २ सन्तान भने बेपत्ता छन् ।

काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० बजेको धादिङको बेनिघाटस्थित बाँदरे भन्ने स्थानमा रहेको झोलुङ्गे पुलबाट दुई नाबालक बच्चा लिएर दम्पत्तिले नदिमा हाम फालेको प्रत्यक्षदर्शीले बताए ।

दम्पत्तिले आत्महत्या गर्नुपर्ने स्पष्ट कारण खुलेको छैन । यद्यपि जमुनाले फेसबुक स्टाटसमा लेखे अनुसार मिटर ब्याजमा रकम लिएको र सोको ब्याज र साँवा भुक्तानी गर्न रकमधनीले दवाव दिएपछि सामूहिक आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्