०४ माघ २०७६, काठमाडौँ
बलिउडका चर्चित संगीतकार यौन शोषणको आरोपमा मुछिएका थिए । २०१८ मा सुरु भएको मीटू अभियानमा अनुको नाम बलिउडका केही चर्चित महिला सेलिब्रेटीले लिएका थिए ।
अनुमाथि सोना महापात्रा, श्वेता पण्डित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौन शोषण गरेको आरोप लगाएका थिए ।
जसका कारण उनलाई इन्डियन आइडल को जजबाट पनि निकालियो ।अनुको करियरमा पनि यसले निकै नराम्रो असर गरेको थियो ।
उनीहरुले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले अनुको विरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ ।आयागकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेडकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुको विरुद्धको केस बन्द गरेको जानकारी गराएको हो ।