०४ माघ २०७६, काठमाडौँ
केहीदिन अघि एयरपोर्टमा गायिका आस्था राउत र प्रहरीबिच भएको झडपले ठूलो रुप लिइरहेको छ ।
यता आस्था लाइभ आउँदै आफूमाथि प्रहरीले अभ्रद व्यवहार गरेकाले बोल्न बाध्य भएको बताइरहेकी छिन् भने उता आस्थाको चेकजाँच गरेकी महिला प्रहरीले आस्थाले आफूसँग दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
यसैबिच गायक राजेश पायल राईले आस्थाले सम्झाउँदै फेसबुकमा लामो स्टाटस लेखेका छन् । उनले आस्थालाई एउटा कलाकार भएर सबैको माया पाउन जानिन्छ भने कसैको घृणा सहन पनि आवश्यक भएको बताए ।
साथै उनले आस्थालाई रुन्ची नबन्न पनि आग्रह गरेका छन् । उनले प्रहरीले पनि आफ्नो बानी सुर्धान आवश्यक रहेको बताएका छन् ।
राजेशको स्टाटस जस्ताको तस्तै