उपसभामुख तुम्बाहाङ्फेले दिइन् पदबाट राजीनामा



०६ माघ २०७६, काठमाडौं

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छिन्।

सोमबार (आज) दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा उनले राजीनामाको घोषणा गरेकी हुन्।

“सभाुमख पदमा संसदको सबैभन्दा ठूलो पार्टीको दावी रहने भएकाले मैले मार्गप्रसस्त गरेकी छु।” तुम्बाहाङ्ले संसदलाई सम्बोधन गर्दै भनिन्, ‘एउटा महिला मात्रै होइन। एकल र जनजाति महिला यो पदमा पुगें। यसको श्रेय लोकतान्त्रिक प्रणाली राजनीतिक दललाई जान्छ।’

प्रतिक्रिया दिनुहोस्