प्रधानमन्त्रीको याद्दाश्तमा ‘ध्यान बहादुर राई’



०६ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले धरान उप-महानगरपालिकाका पूर्व मेयर ध्यान बहादुर राईको योगदानलाई सम्झेका छन्।

सोमबार (आज) राईको निधनपछि प्रधानमन्त्री ओलीले शोक वक्तव्य निकाल्दै कम्युनिष्ट आन्दोलनमा राईले गरेका योगदानलाई सम्झेका हुन्।

वक्तव्यमा प्रधानमन्त्री ओलीले न्याय, समानता, स्वतन्त्रता र समाजको परिवर्तनका लागि कम्युनिष्ट आन्दोलनमा समाहित भएर राईले योगदान दिएको उल्लेख गरेका छन्। राई तत्कालीन नेकपा एमालेबाट विसं २०४९ मा धरानको मेयर निर्वाचित भएको समेत ओलीले स्मरण गरेका छन्।

यस्तै राईको निधनबाट धरानले सुयोग्य समाजसेवीलाई गुमाएको भन्दै ओलीले राईले दिएको योगदान सदैव स्मरणीय रहने समेत उल्लेख गरेका छन्।
♥ धरानका पूर्वप्रमुख राईको निधन
राईको सोमबार काठमाडौंमा निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्