‘यसै वर्ष नेपाल भ्रमणमा आउँछु’



०७ माघ २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल भ्रमणमा आउने बताएका छन्।

मंगलबार (आज) विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फेरेन्स्मार्फत् गरिएको उद्‍घाटन कार्यक्रममा उनले नेपालको भ्रमण यसै वर्ष गर्ने बताएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निम्तोलाई स्वीकार्दै मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन्। ‘यसै वर्ष नेपाल आउने कार्यतालिका बनाउँदैछु।’ मोदीले भने, ‘यही अवसरमा नेपालीहरुको दर्शन गर्ने अवसर पनि पाउने छु।’

मोदी दोश्रो पटक प्रधानमन्त्री भएका छन्। पहिलो कार्यकालमा भने उनी विभिन्न कार्यक्रम सहभागी हुन ४ पटक नेपाल भ्रमणमा आएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्